चीन 70 बर्ष दिकीं तिब्बतको कब्जा गरेर छन

झन्डै ४० वर्षसम्म तिब्बत स्वतन्त्र थियो र त्यहाँ वास्तविक स्वतन्त्रता थियो। तर सन् १९४९ मा चीनमा कम्युनिस्टको जितपछि उक्त हिमाली क्षेत्रको परिस्थति फेरियो अनि विवादको इतिहासको जग त्यहीँबाट बस्यो।

सन् १९५० अक्टुबर ७ तारिखमा माओ त्सेतुङको सेना तिब्बत पस्यो। सैनिकहरूले अक्टुबर १९ मा चाम्डु सहरबाहिरको क्षेत्र आफ्नो नियन्त्रणमा लिए।

झन्डै आठ महिनासम्म चीनको कब्जा र बढ्दो दबावमाझ तिब्बतका धार्मिक नेता दलाई लामाले १७ बुँदे विवादित सहमतिमा हस्ताक्षर गरे। त्यसअनुसार तिब्बत आधिकारिक रूपमा चीनको भूभाग बन्यो।

तर नोबेल शान्ति पुरस्कार विजेता दलाई लामा उक्त सन्धिलाई अमान्य मान्छन्। त्यो हस्ताक्षर एउटा असहाय सरकारमाथि दबाव दिएर इच्छाविपरीत गराइएको उनको तर्क छ।

दलाई लामा सम्झौतामा हस्ताक्षर गर्दा १५ वर्षका थिए। चीनले उक्त प्रकरणलाई ‘शान्तिपूर्ण मुक्ति’ ठान्छन्। तर निर्वासित तिब्बती समुदाय त्यसलाई ‘आक्रमण र कब्जा’ मान्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *