एमनेस्टी इन्टरन्याशनलकी महासचिव एग्निस् क्यालामार्डले चिनियाँ अधिकारीहरूलाई “ठूलो स्तरमा नर्कको जस्तो वातावरण सिर्जना गरेको” आरोप लगाएकी छन्। बिहीवार प्रकाशित एक प्रतिवेदनमा एमनेस्टीले संयुक्त राष्ट्र सङ्घलाई अनुसन्धानका लागि आग्रह गर्दै चीनले उइगर, काजाख र अन्य मुस्लिम समुदायका मानिसहरूलाई सामूहिक रूपमा थुनामा राख्ने, निगरानी गर्ने र यातना समेत दिने गरेको आरोप लगाएको छ। बिहीवार प्रकाशित एक प्रतिवेदनमा एमनेस्टीले संयुक्त राष्ट्र सङ्घलाई अनुसन्धानका लागि आग्रह गर्दै चीनले उइगर, काजाख र अन्य मुस्लिम समुदायका मानिसहरूलाई सामूहिक रूपमा थुनामा राख्ने, निगरानी गर्ने र यातना समेत दिने गरेको आरोप लगाएको छ। उनले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोन्यो गटरेस्लाई पनि “आफ्नो म्यान्डेट बमोजिम काम गर्न असफल भएको” आरोप लगाएकी छन्।
चीनलाई केही पश्चिमा देश र मानवअधिकारवादी समूहहरूले शिन्जियाङमा रहेका टर्किक मूलका जातीय समुदायहरू विरुद्ध आम नरसंहार गर्न खोजेको आरोप लगाउँदै आएका छन्। तर चिनियाँ राज्यको कदमलाई आम नरसंहार भनेर भन्न सकिन्छ कि सकिँदैन भन्नेमा विवाद रहेको छ।