चीनले खोपको ‘बुस्टर डोज’ बनाउने

चीनले कोरोना भाइरसविरूद्ध उत्पादित भेरोसेल खोपको प्रभावकारिता करिब ६ महिना भएकाले यसको सुरक्षा क्षमता वृद्धिका लागि अध्ययन गरिरहेको जनाएको छ ।

आइतबार चिनियाँ रोग नियन्त्रण तथा निवारण केन्द्रका प्रथम विशेषज्ञ वाङ ह्वाछिङले यस्तो जानकारी दिएका हुन् । ‘चिनियाँ खोपको सुरक्षा प्रभाव ६ महिनाभन्दा बढीसम्म छ,’ उनले भने ।

चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप भेरोसेल सोमबार मात्रै नेपाल आइपुगेको छ । यो खोप सिनोफार्मको सहयोगमा बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले निर्माण गरेको हो ।

चीनमा पनि १० करोड डोज खोप प्रयोगमा आइसकेका बेला चिनियाँ अधिकारीले एन्टिबडीको स्तरबाट खोपको प्रभाव लगभग ६ महिनाभन्दाबढी रहेको बताएका हुन् । ‘एन्टिबडी नै स्वास्थ्य सुरक्षाको सूचकांक हुन सक्दैन तर खोपले भूमिका निर्वाह गर्ने क्रममा अन्य कारक तत्त्वहरूको पनि भूमिका हुन्छ,’ विशेषज्ञ वाङले भने । उनले खोपको अध्ययनमा निरन्तरता दिँदै यसको संरक्षण समय निश्चित गर्नुपर्ने बताए ।

चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपको ८ लाख डोज नेपाल एयरलाइन्सको चार्टर विमानले बेइजिङबाट काठमाडौं पुर्‍याएको हो ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *