गोर्खाल्यान्डको माग पूरा भएको छैन, जंगलमहललाई छुट्टै राज्य बनाउन माग

भारतको पश्चिम बंगाल राज्यमा पश्चिमपट्टिको भागमा रहेको जंगलमहललाई छुट्टै राज्य बनाउनका लागि भारतीय जनता पार्टी लागिपरेको छ। 

पश्चिम बंगालमै दार्जीलिङ वरिपरिको क्षेत्रलाई समेटेर गोर्खाल्यान्ड राज्य बनाउन लामो समयदेखि माग उठिरहेकोमा अहिले जंगलमहल क्षेत्रलाई राज्यको दर्जा दिलाउन माग गरिएको छ। बंगालको सत्तारूढ दल तृणमूल कांग्रेसले हालै सम्पन्न विधानसभा निर्वाचनमा भाजपा हारेपछि बखेडा झिक्न थालेको आरोप लगाएको छ ।

उक्त दलका प्रवक्ता कुनाल घोषले यो भाजपाको गैरजिम्मेवार खेल भएको बताए ।  गत जुन १५ मा भाजपाका सांसदहरूले दलको बैठकमा उत्तरी बंगालका विभिन्न जिल्लालाई समेटेर एक केन्द्रशासित प्रदेश बनाउने माग राखेका थिए ।  त्यसमा कडा प्रतिक्रिया जनाउँदै मुख्यमन्त्री ममता बनर्जीले बंगालको कुनै भागले स्वतन्त्रता गुमाउने र नयाँ दिल्लीमा निर्भर रहने स्थिति आफूले आउन नदिने बताएकी थिइन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *