खगोलशास्त्र: सन् २०२१ का मुख्य आकर्षण

नयाँ वर्ष, नयाँ तारामण्डल अवलोकनका योजना!

यदि तपाईँ रातमा आकाश अवलोकन र अन्तरिक्ष अवलोकनको पारखी हुनुहुन्छ भने अहिलेदेखि नै योजना बनाउन थाल्नूस् है किनभने सन् २०२१ रोमाञ्चक र सुन्दर खगोलशास्त्रीय दृश्य र घटनाले भरिपूर्ण हुनेछ।

नजिकका आकाशगङ्गाहरू, खग्रास चन्द्रग्रहण, आगोका लप्काका घेराहरू, उल्कापात, मङ्गल ग्रहमा अवतरण गर्न उडिरहेका लागेका दुईवटा अन्तरिक्ष यानहरू र अन्तरिक्ष अवलोकन गर्न नयाँ शक्तिशाली टेलिस्कोपजस्ता विषयहरूले यो वर्ष अरूभन्दा विशेष हुने अनुमान गरिएको छ।

यो वर्ष पहिलो पटक देखिन लागेका केही दृश्यदेखि बेलाबखत देखिने अदभूत दृश्यहरू हेर्न पाइनेछ।

१. बुध ग्रह

दायाँमा रहेको बुध अनि बृहस्पति र शुक्र ग्रह

हाम्रो सौर्यमण्डलको सबैभन्दा सानो र सूर्यसँग सबभन्दा नजिक दूरीमा रहेको ग्रह बुध तपाईँले कहिल्यै देख्नुभएको छैन भने ज्यानुअरी २४ का दिन राम्ररी हेर्न सक्नुहुनेछ।

आँखाको ज्योति राम्रा भएकाहरूका लागि यो ग्रह पश्चिमी क्षितिजमा देखिनेछ तर बाइनोकुलरले हेर्ने हो भने झन् प्रस्ट हुनेछ।

बुधले सूर्यको एक पटक परिक्रमा गर्न ८८ दिन लाग्छ। धेरैजसो समय हामी बुध ग्रह देख्न सक्दैन किनभने त्यो या छोपिएको हुन्छ या तारामण्डलका अन्य प्रकाशले देख्न नसक्ने तुल्याइदिन्छन्।

तर ज्यानुअरीको अन्त्यतिर यो ग्रह असाध्यै चम्किलो देखिनेछ। त्यसैले हेर्नुहोला।

२. दक्षिणी गोलार्द्धमा देखिने आकाशीय पीण्डहरू

चीलेबाट देखिएको रातको आकर्षक आकाश

भूमध्यरेखाको दक्षिणतिरबाट तारामण्डल अवलोकन गर्नु सिकारु र दक्ष खगोलशास्त्रीहरूका लागि बडो रोमाञ्चक दृश्य हुनसक्छ।

शुरूवातकर्ताहरूका लागि आकाशगङ्गाको मार्ग यति स्पष्ट र चम्किलो हुन्छ कहिलेकाहीँ त आकाशमा तारैताराको इन्द्रेणीजस्तो देखिन्छ: क्षितिजदेखि क्षितिजसम्म बहुरङ्गी अर्ध गोलाकार दृश्य।

यो क्षेत्रबाट विभिन्न आकाशीय पीण्डहरू र खगोलिय गतिविधि नाङ्गो आँखाले देख्न सकिन्छ।

३. उत्तरी गोलार्द्धको हिउँदको रात

‘सेभेन सिस्टर्स’ भनिने तारापुञ्ज

हिउँदमा लामा रात हुन्छन् । चिसो हुने भए पनि खगोलशास्त्रीहरूका लागि तारापुञ्ज अवलोकनका लागि लामो समय उपलब्ध हुन्छ।

अँध्यारो रात रोज्नुहोस् जस्तो कि ११ फेब्रुअरी औँसीको रात जब आकाशमा चन्द्रमा देखिँदैन त्यसबेला आकाशमा अन्य वस्तु राम्ररी देख्न सकिन्छ।

त्यसो गर्दा सेभेन सिस्टर्स भनिने ताराहरूको सुन्दर समूहलाई तपाईँ शहरी क्षेत्रबाट पनि देख्न सकिन्छ।

अझ तपाईँ आकाश अवलोकनमा अभ्यस्त हुँदै जानुभयो भने हाम्रो नजिकै रहेको अर्को आकाशगङ्गा पनि देख्न सक्नुहुन्छ।

४. ओरियन तारामण्डल

ओरियनलाई कैयौँ संस्कृतिमा ‘जाडो ल्याउने तारा’का रूपमा लिने गरिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *