‘कोरोनिल’ किटको वितरण नेपालमा किन रोकियो ?

कोरोना महामारी उत्कर्षमा पुगेको बेला भित्रिएको बाबा रामदेवको कम्पनीले उत्पादन गरेको विवादस्पद ‘कोरोनिल’ किट अहिले नेपालमा चर्चामा छ । कोरोना संक्रमण निको पार्ने दाबी गर्दै पतञ्जलिले उत्पादन गरेको विवादास्पद ‘कोरोनिल’ किट सहयोग प्राप्त हुनुलाई नेपालमा मान्यता दिलाउने षड्यन्त्रको रूपमा भित्रिएको जानकारहरू बताउँछन् । भारतमा समेत विवादस्पद रहेको कोरोनिल किट तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले उत्पादक कम्पनीबाट ‘अनुदान’ स्वरूप ग्रहण गरेका थिए । विभागबाट अनुमति नपाएको मात्र होइन, उत्पादक देश भारतमै यसको विश्वसनीयतामाथि प्रश्न उठिरहेको अवस्थामा बहालवाला स्वास्थ्य मन्त्रीले अनुदान ग्रहण गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सहयोग स्वरूप प्राप्त ती आयुर्वेदिक औषधिलाई मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा पठाएको थियो । कुनैपनि औषधि नेपालमा आपतकालीन प्रयोग, आयात तथा बिक्री वितरणका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले अनुमति दिनुपर्ने हुन्छ । मन्त्रालयको उक्त कार्यले मातहतका निकायलाई यो औषधिलाई अनुमति दिन अनावश्यक दबाब बढ्न सक्ने सरोकारवालाहरू बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले सहयोगको रुपमा प्राप्त ‘कोरोनिल’ किट नेपालमा दर्ता नभएको बताए , नेपालमा औषधिसम्बन्धी नियमन गर्ने निकाय बेग्लै छ,’ डा पौडेलले भने, ‘सम्बन्धित निकायबाट दर्ता भएर अनुमति प्राप्त नभएसम्म यसको वितरण र प्रयोग गर्नु औचित्य छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *