स्वास्थ तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण समुदायस्तरमा नफैलिएको जनाएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोरोनाको संक्रमण समुदायमा नफैलिएको दाबी गरे । उनले भने, ‘विभिन्न तथ्य हेर्दा समुदायमा कोरोना संक्रमण फैलिएको देखिँदैन ।’मन्त्रालयले काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना परीक्षणको क्रममा भीडभाड हुने विभिन्न स्थानमा ४ हजार ८०० नमुना परीक्षण गरेको थियो । जसमा ३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ जना विदेशबाट आएका छन् भने एक जना ब्युटिपार्लर व्यवसायमा संलग्न रहेको पाइएको छ ।
Related Posts
भारतमा शनिबारदेखि कोरोना खोप अभियान
- Editor
- January 16, 2021
- 0
भारतले शनिबारदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरू गर्दैछ। अभियानको औपचारिक उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दै छन्। मोदीले शुक्रबार साँझ ट्वीट गर्दै खोप अभियानसँगै भारत […]
पुनर्वासको माग गर्दै जुरे पहिरोपीडितद्वारा प्रदर्शन
- Editor
- February 20, 2021
- 0
पुनर्वासको व्यवस्था माग गर्दै जुरे पहिरोपीडितहरूले शनिबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाबाट आएका पहिरोपीडितहरूले आफूहरुका नाममा संकलित २ करोड २४ […]
होटलमा दस वर्षसम्म ‘बँधुवा मजदुर’
- Editor
- August 25, 2020
- 0
दस वर्षसम्म थुनिएको थुनियै । न तलब न सुविधा । दैनिक सोह्र घन्टासम्म काम । नमाने उल्टै यातना ।भारतको जयपुर सहरमा हालै सार्वजनिक भएको घटना हो यो । तर, यस्तो […]