दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार भर्चुअल पत्रकार सम्मेलनमार्फत् त्यसको जानकारी गराएका हुन् । कर्फ्यु अवधिभित्र अत्यावश्यक सेवा र अन्तरराज्य सार्वजनिक यातायात भने चालू रहनेछ । तर, सबै किसिमका बजार, मलहरु बन्द रहनेछन् । तर, सिनेमा हल भने ३० प्रतिशत क्षमतामा चल्न दिइने भएको छ । निजी कार्यालयहरुलाई घरबाटै काम गराउन व्यवस्था मिलाउन निर्देशन दिइने पनि केजरीवालले भनेका छन् । मुख्यमन्त्री केजरीवाल र उच्च अधिकारीबीच बिहीबार बिहान भएको छलफल यस्तो निर्णय लिइएको हो । दिल्लीमा केही दिनयता कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । बुधबार मात्र १७ हजार २८२ जना नयाँ संक्रमित थपिएका छन् । जुन कोरोना महामारी सुरु भएयताकै उच्च दर हो । मुख्यमन्त्री केजरीवालले संक्रमणको साङ्लो तोड्न कर्फ्यु लगाउने निर्णय गरिएको बताएका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो छ । बुधबार मात्र १०० जनाको मृत्यु भएको थियो ।
Related Posts
आप्रवासीलाई अमेरिकाको अनुरोधः सीमा बन्द छ, त्यता नजानू
- Editor
- March 24, 2021
- 0
संयुक्तराज्य अमेरिकाको दक्षिणी सीमा मामिला म्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहिरहेका आप्रवासीलाई अमेरिका–मेक्सिकोको सीमामा नआउन आग्रह गर्नुभएको छ । अमेरिका […]
पाकिस्तानी परमाणु बमका पिता एक्यू खानको निधन
- Editor
- October 11, 2021
- 0
“पाकिस्तानी परमाणु बमका पिता” मानिने डा. अब्दुल कादिर खानको ८५ वर्षको उमेरमा मृत्यु भएको छ।उनी कोभिड सङ्क्रमणका कारण अस्पताल भर्ना भएका थिए। पाकिस्तानलाई परमाणु हतियार […]
वन विभागले दुई थान भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ
- Nandita Das
- November 18, 2022
- 0
गुप्तचर सूचनामा कारबाही गर्दै वन विभागले दुई हतियारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। यसअघि पनि डबग्राम वन विभागले पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको […]