कोरोना भाइरस सङ्क्रमणका कारण आईपीएल स्थगित

क्रिकेट खेलाडीहरूमा कोभिड-१९ बढेपछि भारतमा भइरहेको इन्डियन प्रीमीअर लीग आईपीएल स्थगित गरिएको छ। मङ्गलवार मुम्बई इन्डियन्सविरुद्धको खेलअघि सनराइजर्स हैदराबादका एक खेलाडीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। सोमवारको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर बैङ्गलोरबीचको खेल दुई खेलाडीमा सङ्क्रमण पुष्टि भएपछि खेलाइएको थिएन। एक विज्ञप्तिमा आईपीएलले एउटा आपत्कालीन बैठकमा यो वर्षको प्रतियोगितालाई स्थगित गर्ने सर्वसम्मत निर्णय भएको बताएको छ।

“भारतीय क्रिकेट बोर्ड बीसीसीआई खेलाडी, कर्मचारी र अन्य सहभागीको सुरक्षामा कुनै पनि प्रकारको सम्झौता गर्न चाहँदैन,” विज्ञप्तिमा भनिएको छ। यो निर्णय सबै जनाको सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राखेर लिइएको हो। विशेषगरी भारतको यो कठिन परिस्थितिमा हामीले केही सकारात्मकता र खुसी ल्याउने प्रयास गरेका थियौँ तर अब प्रतियोगिता निलम्बन गरेर सबै जनालाई यो कठिन अवस्थामा आफ्नो परिवारसँग फिर्ता जानुको विकल्प रहेन। आईपीएल २०२१ को सबै सहभागीलाई सुरक्षित मार्ग दिनका लागि बीसीसीआईले सकेको सहयोग गर्नेछ,

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *