भारत कोरोनाभाइरस महामारीको दोस्रो ठूलो लहरको चपेटामा छ तर त्यहाँको सरकार अब केही क्षेत्रमा भाइरसको सङ्क्रमण दर केही सुस्त हुन थालेको सङ्केत देखिएको भन्दै छ। मार्च महिनाको मध्यबाट सुरु भएको भारतमा सङ्क्रमणको उच्च दर तीव्र गतिमा बढेर गयो। एप्रिल ३० तारिख शुक्रवार यो दैनिक चार लाख सङ्क्रमणको उच्च विन्दुमा पुग्यो। त्यसपछिका दिनहरूमा यो दर केही कम भएको देखिँदा मे ३ तारिख सोमबार तीन लाख साठी हजार रह्यो। तर विगत केही दिन यता दैनिक सङ्क्रमण दर फेरि बढ्न थालेको देखिएको छ। जुन सामान्यतया सोमबारको दिन सङ्क्रमण दरको तथ्याङ्क घट्ने प्रवृत्ति देखिएको साप्ताहिक उतारचढावको चरित्रसँग मिल्छ। ५ मे बुधवार दैनिक सङ्क्रमणको सङ्ख्या नयाँ सर्वाधिक उच्च विन्दुमा पुग्यो, चार लाख १२ हजार।
Related Posts
छात्राहरुलाई पाइन्ट लगाउन दिएपछि भारतमा ठूलो विवाद !
- Editor
- December 23, 2021
- 0
दक्षिणी भारतीय राज्य केरलास्थित एक सरकारी विद्यालयमा किशोरावस्थाका छात्राहरुलाई पाइन्ट लगाउन दिने अनुमति दिइएको कारण ठूलो विवाद सिर्जना भएको छ । बीबीसीका पत्रकारद्वय दिल्लीका गिता […]
म्यानमारमा पुन: प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी
- Editor
- February 2, 2021
- 0
अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमा सेनाले सत्ता कब्जा गरेको घटनाको निन्दा गर्दै त्यहाँ पुन: प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । उनले म्यानमारमा प्रजातन्त्र पुन:स्थापनाका लागि अन्तर्राष्ट्रिय […]
रेनकोट सफाई कर्मचारीलाई दिइयो, प्रमुख प्रशासक गौतम देवले खोप लिन अपील गरे
- Editor
- June 2, 2021
- 0
सिलिगुडी नगरपालिकाको प्रशासन बोर्डका अध्यक्ष गौतम देवले बुधवार सिलिगुडी नगरपालिकाको 17 नम्बर वडाका सरसफाई कामदारहरुलाई रेनकोट दिए। यस अवसरमा गौतम देवले भने कि कोरोना महामारीको […]