कोभिडलाई महामारी घोषणा गर्नुअघि नै चिनियाँ वैज्ञानिकले खोपको पेटेन्ट दर्ता गरेको खुलासा

चीनले कोरोनाभाइरस मानिसबाट मानिसमा सर्छ भनी पुष्टि गरेको पाँच हप्ता मात्र भएको बेलामा पेटेन्ट दर्ता गराइएको हो । चोउले वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका वैज्ञानिकहरूसँग नजिकै बसेर काम गरेको पनि बताइएको छ । चमेराहरूमा कोरोनाभाइरसको अनुसन्धान गर्ने प्रयोगशालाकी उपनिर्देशक शी चङ्लीसँग पनि उनको साँठगाँठ थियो ।  भाइरस प्रयोगशालाबाट चुहिएको भन्ने अनुमानले बल पाइरहेको बेलामा उनीहरूको सम्बन्धबाट चीनसँग मानिसहरूमा संक्रमण हुने विषयमा जानकारी रहेको र पछि बल्ल उनीहरूले अन्तर्राष्ट्रिय समुदायलाई बताएको पाइएको छ । 
 चोउ पेटेन्ट दर्ता गरेको तीन महिनाभन्दा कम समयमा बितेका थिए । उनी चीनको अग्रणी वैज्ञानिक भए पनि उनको मृत्युको खबर एउटा चिनियाँ सञ्चारमाध्यमले मात्र दिएको द न्युयोर्क पोस्टले खबर दिएको छ ।
  चोउले मिनेसोटा विश्वविद्यालय तथा न्युयोर्क ब्लड सेन्टर लगायत अमेरिकी संस्थासँग मिलेर अनुसन्धान गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *