कोभिडका कारण उत्पन्‍न भएको संकटबाट व्यवस्था विरोधीहरु सक्रिय भए : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले व्यवस्था विरोधी, संविधान विरोधी र सरकार विरोधी शक्तिहरु सक्रिय भएको बताएका छन् ।

सोमबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री थापाले कोभिडका कारण उत्पन्न भएको संकटबाट संविधान विरोधी र अहिलेको व्यवस्था विरोधीहरु सक्रिय भएको बताएका हुन् । उनले अहिलेको प्रणाली र संविधानलाई नै उल्ट्याउने अवसर आएको निष्कर्ष सहित राजावादीहरु समेत सक्रिय भएको बताए ।

यस्तै, सरकार विरोधीहरुले सरकारलाई विस्थापित गर्न सकिन्छ कि भन्ने प्रयास गरिरहेको पनि बताए । यसै सन्दर्भमा प्रमुख प्रतिपक्षी दलले समेत देशव्यापी रुपमा सरकार विरोधी प्रदर्शन गरेको बताए । तर पनि सरकारलाई कसैले विस्थापित गर्न नसक्ने गृहमन्त्री थापाले बताए ।

राजावादीहरु गणतन्त्रलाई विस्थापित गरी राजतन्त्रलाई पुनस्थापित गर्न चाहने र विप्लव माओवादीहरु समाजवादी क्रान्ती गर्ने भाषा लिएर अगाडी बढेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *