के भारतका ब्याङ्कहरूले जनविश्वास गुमाउँदै छन्?

बितेको १५ महिनामा धेरै खराब कर्जाका कारण भारतका तीन ठूला ब्याङ्कहरू सङ्कटग्रस्त बनेपछि विज्ञहरूले समग्र भारतीय ब्याङ्किङ् प्रणालीको वित्तीय स्वास्थ्यबारे प्रश्न उठाएका छन्।

“हाम्रो व्यापारलाई शुरुमा कोभिड-१९ ले थला पार्‍यो। दुई महिनासम्म केही आम्दानी भएन। अनि हालसालै हाम्रो ब्याङ्कसमेत समस्यामा परेपछि हाम्रा बचत रकम पनि हामीले चलाउन पाएका छैनौँ र हाम्रा दैनिक कारोबार हुन सकेको छैन। कसरी कर्मचारीलाई पैसा दिने थाहा छैन,” लक्ष्मी विलास ब्याङ्कका बचतकर्ता ५० वर्षीय मङ्गीलाल परीहारले दुखेसो पोखे।

मुम्बई शहरको बाहिरी भागमा उनको सानो किराना स्टोर छ।प्राय: भारतीयहरूले कुनै ब्याङ्क रोज्नुपर्दा दुईवटा कुरामा ध्यान दिने गरेको पाइन्छ। एक, तिनले बचतमा दिने ब्याजदर र अर्को ती घरभन्दा कति नजिक छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *