आइतवार नै भारतका केन्द्रीय गृहमन्त्री अमित शाहमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।मन्त्री शाहले ट्वीटमार्फत् आफूमा कोभिड-१९ को प्रारम्भिक लक्षण देखिएपछि परीक्षण गराउँदा कोरोनाभाइरस देखिएको जानकारी गराएका हुन्।उनी चिकित्सकहरूको सल्लाहमा अस्पताल भर्ना भएका छन्।
आइतवार नै भारतको उत्तर प्रदेश राज्य सरकारकी एक मन्त्री कमला रानीको भाइरस सङ्क्रमणबाट मृत्यु भएको थियो।भारतमा तमिलनाडुका राज्यपाल वनवारीलाल पुरोहितलाई पनि सङ्क्रमण देखिएको बीबीसी हिन्दीले समाचारस्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ।