ककपिटमा महिला

काठमाडौंबाट उडेको केही बेरमा विमान भैरहवामा अवतरित भयो । क्याप्टेन यशोधरा थापा र को–पाइलट प्रीति गिरी ककपिटबाट निस्कने सुरसार गर्दै थिए । अचानक यात्रुहरूले भनेको कुरा उनीहरूको कानमा ठोक्कियो– ‘लौ आज त विमानमा सबै क्रु महिला नै पो रहेछन् ।’

यशोधराले यो कुरा त हेक्कै राखेकी थिइनन् । अनि उनले हेक्का राख्न नसकेको अर्को संयोग पनि थियो– महिला दिवस । क्याप्टेनदेखि को–पाइलट, क्याबिन क्रु सबै महिला । दुई वर्षअघिको यो संयोगलाई उनीहरूले तत्काल स्मृतिमा कैद गरे । सामूहिक फोटो खिचाए ।

घरकी एक्ली सन्तान हुन् यशोधरा । अन्तर्मुखी स्वभावकी उनी सानो छँदा मानिसहरूसँग खासै बोल्दैनथिन् । त्यसैले बुबा उनलाई अतिरिक्त क्रियाकलापमा सहभागी हुन हौस्याउँथे । साहसी भएर अघि बढ्न प्रेरणा दिन्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *