एक युवतीले बलात्कारबारे मुख खोल्दा अस्ट्रेलियाको राजनीतिमा आएको हलचल

दुई साताअघि एक पूर्व राजनीतिक सल्लाहकारले आफू संसद् भवनभित्रै बलात्कृत भएको बताएको घटनाले अस्ट्रेलियालाई स्तब्ध तुल्याइदिएको थियो।ब्रिटनी हिगिन्सले आफूमाथि एक पुरुष सहकर्मीले आक्रमण गरेको बताएकी थिइन्।

उनले सन् २०१९ मा आफूसँगै सरकारी मन्त्रीको कार्यालयमा सत्ताधारी लिबरल पार्टीका सल्लाहकारका रूपमा कार्यरत ती व्यक्तिले बलात्कार गरेको बताएकी थिइन्।हिगिन्सले आफूमाथि भएको आक्रमणबारे बताएपछि अस्ट्रेलियाको राजनीतिमा रहेको भनिएको यौन हिंसा र दुर्व्यवहारबारे आफ्नो अनभुव सार्वजनिक गर्न अरू महिलाहरू अगाडि आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *