अमेरिकी औषधि नियामक निकायले गरेको जाँचमा जोनसन एन्ड जोनसनको एक मात्रा (डोज) लगाउँदा हुने कोभिड-१९ विरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको पाइएको छ।सम्भवत: केही दिनभित्रै अमेरिकामा आधिकारिकता पाउने यो कोभिडविरुद्धको तेस्रो खोप हुनेछ।यो खोप फाइजर र मोडेर्नाकोभन्दा सस्तो र भण्डारण गर्न सहज हुनेछ।यसलाई सामान्य रेफ्रिजेरेटरमा भण्डारण गर्न सकिन्छ।जोनसन एन्ड जोनसनले गत महिना आफ्नो परीक्षणको नतिजा सार्वजनिक गरेको थियो।उक्त औषधि उत्पादकको मालिक बेल्जियन कम्पनी जोनसनले परीक्षण नतिजाको विवरणले उसको उत्पादन गम्भीर रोगका लागि उच्च प्रभावकारी भएको देखाएको बताएको थियो।जोनसन एन्ड जोनसनबारेको यो नयाँ खबर कोभ्याक्स कार्यक्रम अन्तर्गत खोप प्राप्त गर्ने घाना पहिलो देश बनेका बेला आएको हो।
Related Posts
अमेरिकाका लागि रुसी राजदूत स्वदेश फिर्ता
- Editor
- March 22, 2021
- 0
संयुक्तराज्य अमेरिकाका लागि रुसका राजदूत आइतबार मस्को फर्किनु भएको छ । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि गर्नु भएको टिप्पणीलाई लिएर दुई […]
केन्याका राष्ट्रपति दम्पतीलाइ कोरोनाको खोप
- Editor
- March 27, 2021
- 0
केन्याका राष्ट्रपति उहुरु केन्याटा र उहाँकी श्रीमती मर्गारेट केन्याटाले शुक्रबार कोरोनाभाइरस विरुद्धको खोप लगाउनु एको छ । महामारी फैलाउने भाइरसबाट जोगिन राष्ट्रपति केन्याटाले सवैलाई आह्वान […]
सिलगढी पुलिस आयुक्तालय द्वारा आदिवासी र पिछडिएका बालबालिकालाई खेलकुद सामग्री वितरण गरियो
- Editor
- February 26, 2024
- 0
सिलगढी पुलिस आयुक्तालयले जय जोहर नामक स्वैच्छिक संस्थाको सहयोगमा आदिवासी र पिछडिएका बालबालिकालाई खेलकुद सामग्री वितरण गर्यो। कमिश्नर सी सुधाकरले सोमबार मल्लगुरी प्रहरी लाइनमा गुल्मा […]