उत्तर कोरिया र रुसका ह्याकरको निशानामा खोप

प्रविधि कम्पनी माइक्रोसफ्टका अनुसार उत्तर कोरिया र रुसका सरकार समर्थित ह्याकरले कोरोनाभाइरसको खोपबारे काम गरिरहेका संस्थालाई निशानामा राखेका छन्।उसले ‘फ्यान्सी बियर’ रुसी समूह एवम् उत्तर कोरियाली ‘जिन्क’ र ‘सेरियम’ समूहहरू पछिल्ला साइबर हमलामा संलग्न पाइएका छन्।यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्र एनसीएससीले यसअघि नै रुसी ह्याकरहरूले खोपको अनुसन्धानलाई निशानामा पारेको जनाएको थियो।ह्याकरहरूले अक्सफर्ड विश्वविद्यालय र अन्य संस्थाका अध्ययन चोर्ने प्रयास गरेका थिए।तर रुसले यसमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *