उखु बेचेको २४ लाख रुपैयाँ पाइने आश बोकेर काठमाण्डू गएका यी किसान जीवित घर फर्किन पाएनन्

आफूले बेचेको उखुको भुक्तानी पाइन्छ कि भन्ने आशा बोकेर सर्लाहीबाट नारायण राय यादव मंसिरको अन्तिम साता काठमाण्डू गएका थिए। तर किसानहरूको आन्दोलनकै क्रममा हृदयाघातका कारण उनको मृत्यु भयो।आफ्नो पसिनाको मूल्य नपाएका किसानले अकालमा मृत्यवरण गर्नुपर्ने स्थिति उत्पन्न भएको भन्दै उनका आफन्त र आन्दोलनमा सहभागी अन्य किसानले आक्रोश प्रकट गरेका छन्।

हृदयाघात निहुँ मात्रै भएको तर यादवको मृत्युको मुख्य जिम्मेदार सरकार र चिनी मिल उद्योगीहरू भएको उनीहरूको दाबी छ।”यादव काठमाण्डू आएदेखि जोरपाटीस्थित कृष्ण मन्दिरमा बसेर आन्दोलन गर्न एकाबिहानै माइतीघर पुग्थे र बेलुका फर्किन्थेँ,” उखु किसान सङ्घर्ष समितिका संरक्षक राकेश मिश्रले भने।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *