इरान र रुसले मतदाता विवरण पाएको अमेरिकी गुप्तचर निकायको भनाइ

हुलाकबाट पहिल्यै गर्न सकिने मतदानमा अहिलेसम्म ४ करोडभन्दा बढि मत खसिसकेको छ ।अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूले डेमोक्र्याटिक मतदाताहरूलाई तर्साउनेगरी इमेल पठाउने काममा इरान जिम्मेवार रहेको बताएका छन् ।न्याश्नल इन्टेलिजेन्सका निर्देशक जोन र्‍याटक्लिफले भने: “ती इमेलहरू चरम दक्षिणपन्थी ट्रम्प पक्षधर समूहबाट आएको र मानिसहरूलाई उत्तेजित पारेर अस्थिरता फैलाउने उद्देश्य राखेको देखिन्छ।”अमेरिकामा राष्ट्रपतीय चुनाव हुन दुई साताभन्दा कम समय बाँकी छंदा न्याश्नल इन्टेलिजेन्सका निर्देशकले यस चुनावमा इरानसहित रुसले समेत हस्तक्षेपको प्रयास गरेको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *