इरानका शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएको छ । इरानी रक्षा मन्त्रालयले शुक्रबार आफ्नो मुलुककै शीर्ष परमाणु वैज्ञानिक फखरीजादेहको हत्या भएको जानकारी दिएको हो । इरानी सञ्चारमाध्यमका अनुसार उनलाई राजधानी तेहराननजिकैको अबसार्ड सहरमा एम्बुस आक्रमण गरिएको थियो । आक्रमणमा गम्भीर घाइते भएका उनलाई अस्पताल लगिए पनि बचाउन नसकिएको इरानी रक्षा मन्त्रालयले बताएको छ ।इरानका विदेश मन्त्री मोहम्मद जवाद जरिफले फखरीजादेहको हत्याको निन्दा गर्दै यसलाई ‘राज्य प्रायोजित आतंक’ को संज्ञा दिएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘आतंकवादीहरुले इरानका प्रख्यात वैज्ञानिकको हत्या गरेका छन् ।’
Related Posts
कार्निवल फूड्सले मुकुन्द फूड्ससँग सहकार्य गर्छ
- Editor
- December 11, 2021
- 0
कार्निवल सिनेमाज अन्तर्गत सञ्चालित कार्निवल फूड्सले हालै कार्निवल थिएटरहरूमा क्यूएसआर र फूड कोर्टहरूको लागि अग्रणी बैंगलोर-आधारित स्वचालन कम्पनीहरू मध्ये एक मुकुन्द फूड्ससँग सहकार्य गरेर स्वचालन […]
फेसबुक: अपमानजनक चिन्ह प्रयोग गरेको भन्दै डोनल्ड ट्रम्पको विज्ञापन हटाइयो
- Editor
- June 19, 2020
- 0
अपमानजनक चिन्ह प्रयोग गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित एउटा विज्ञापनलाई हटाइदिएको छ। फेसबुकका अनुसार उक्त विज्ञापनमा उल्टो रातो […]
रेशम चौधरीको रिहाइबारे सरकार र जसपाबीच छलफल
- Editor
- March 9, 2021
- 0
सरकार र जनता समाजवादी पार्टीबीच रेशम चौधरीको रिहाइबारे छलफल भएको छ । जसपा नेता लक्षमणलाल कर्णले चौधरीको रिहाइको विषयमा छलफल गर्न आफूहरु बालुवाटार पुगेको बताएका […]