इन्डोनेसिया र इस्ट टिमोरमा बाढी: ७६ को मृत्यु, ४० वेपत्ता

इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या कम्तिमा ७६ पुगेको छ । साथै ४० भन्दा बढी हराइरहेका छन् ।बाढी प्रभावित क्षेत्रबाट ४०० भन्दा बढीलाई उद्वार गरी सुरक्षित स्थानतर्फ सारिएको छ । साथै बाढीबाट हजारौँ मानिस प्रभावित भएका छन् ।बाढीबाट इस्ट टिमोरको राजधानी दिली पनि प्रभावित भएको बताइएको छ । जहाँ दर्जनौं घर र अन्य भौतिक संरचनामा क्षति पुगेको बताइएको छ । इन्डोनेसियामा हरेक वर्ष बाढी पहिरोले ठूलो धनजनको क्षति हुने गरेको छ ।इन्डोनेसियाका सरकारी अधिकारीहरुले बताए अनुसार यहाँ मात्रै कम्तिमा ५० जना मानिसको मृत्यु भएको छ । साथै ४० जना वेपत्ता छन् । देशको पूर्वी क्षेत्र नुसा तेंगारा प्रान्तमा बाढीले धेरै क्षति पर्‍याएको छ । कतिपय प्रभावित क्षेत्रमा पुल र सडक समेत भत्किएका छन् ।इन्डोनेसियाको छिमेकी इस्ट टिमोरमा भने पहिरोका कारण २१ जनाको मृत्यु भएको बताइएको छ । इस्ट टिमोरको राजधानी दिलीबाट मात्रै १५०० मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *