इन्डोनेशियामा दुर्घटनामा सप्पई यात्रीलाई मृत्युको संवाबना

इन्डोनेशियामा समुद्रमा दुर्घटनाग्रस्त भएको यात्रुवाहक विमानको ब्ल्याक बक्स खोजी गर्ने कार्य सोमवार फेरि हुन लागेको छ।शनिवार उडेको केही बेरमै हराएको श्रीविजया एअरको बोइङ ७३७ मा चालकदलका सदस्यसहित कुल ६२ मानिस थिए। राजधानी जकार्ताबाट बोर्निओ द्वीपका लागि उडेको उक्त यात्रुवाहक विमान रेडार सम्पर्कबाट अकस्मात् हराएको थियो।

खोजी कार्यमा जुटेको टोलीले विमानका केही पाटपुर्जा तथा मानव अवशेष फेला पारिसकेका छन्।अनुसन्धानका लागि महत्त्वपूर्ण डेटा उपलब्ध गराउन सक्ने ब्ल्याक बक्स रहेको स्थान पत्ता लागिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *