पछिल्लो सहमतिमा नेताहरूले आलोपालो गरी सरकारको नेतृत्व गर्ने भनिएको छ। त्यसअनुसार बेनेटले दुई वर्षपछि लापिडलाई नेतृत्व हस्तान्तरण गर्नेछन्। नयाँ सरकारले पदभार ग्रहण गर्नुअघि संसद्मा मतदान हुनेछ। भ्रष्टाचारको अभियोगदेखि आफूलाई हटाउने विभिन्न किसिमका प्रयासलाई १२ वर्षसम्म नेतान्याहुले विफल पारेका थिए। तर अहिले एकअर्काको विपक्षमा उभिँदै आएका उग्रराष्ट्रवादीदेखि अरब इस्लामवादी समूहहरू नेतान्याहुलाई हटाउने साझा उद्देश्यमा एक ठाउँमा उभिएका छन्।
गठबन्धनमा अर्को उल्लेख्य नेता एभिगडोर लिबरमेन हुन्। अति दक्षिणपन्थी राष्ट्रवादी धार प्रतिनिधित्व गर्ने विवादास्पद नेता लिबरमेनले एकपटक ‘वफादार नरहेका’ अल्पसङ्ख्यक अरबहरूको टाउको काटिदिनुपर्ने धारणा राखेका थिए। उक्त गठबन्धनलाई अरब इस्लामवादीहरूको सानो दल रामको पनि समर्थन चाहिन्छ। आफ्नो समर्थनका लागि उक्त दलले परम्परागत मुसलमान जीवनशैलीको संरक्षण र अरब बहुल सहरमा बढी बजेटको माग गरेको छ।