इजरेलमा मारिएका १० मध्ये दुई जना बालबालिका भएको त्यहाँको स्वास्थ्य सेवाले जनाएको छ।

शनिवार इजरेलले प्रहार गरेको बम गाजा सहरको अल ह्विदा सडकमा बज्रिँदा अल-कावालेक परिवारका कम्तीमा १३ सदस्य आफ्नै घरमा पुरिएर मरेको बताइन्छ।

तीमध्ये धेरै बालबालिका थिए र सबैभन्दा कम उमेरका शिशुत त केवल छ महिनाका थिए। “हामीले धुवाँबाहेक केही देखेनौँ,” बचेका एक सदस्य साना अल-कावालेकले एउटा अनलाइनलई भनिन्। “मैले मसँगै रहेका छोरा पनि देखिनँ। म उसलाई अँगालो मारिरहेको थिएँ तर देखिरहेको थिइनँ।” इजरेल डिफेन्स फोर्सेजले सो बम आक्रमणलाई असामान्य बताउँदै नागरिकको मृत्यु अनपेक्षित भएको बताएको छ। एक प्रवक्ताले सो हवाई हमलाले एउटा सुरुङलाई ध्वस्त बनाएका कारण घरहरू ढलेको बताएका छन्। मारिएकामा नौ वर्षीया यारा र पाँच वर्षीया रुला थिए। ती दिदीबहिनी नर्वेली शरणार्थी काउन्सिलबाट हिंसाको आघातका लागि उपचार गराइरहेका थिए। उनीहरूका एक शिक्षकले बीबीसीलाई ती दिदीबहिनी नम्र स्वभावका र सधैँ समयमै गृहकार्य गर्ने बानी भएका भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *