अस्ट्रेलियाली सैनिकले ‘अफगान नागरिकहरूको हत्या गरेको’ सैन्य प्रतिवेदन

अस्ट्रेलियाली सैनिकहरूले अफगानिस्तानमा ३९ नागरिकको अवैधानिक रूपमा हत्या गरेको ‘विश्वसनीय प्रमाण’ रहेको निष्कर्ष एउटा सैन्य अनुसन्धानले निकालेको छ।अस्ट्रेलियन डिफेन्स फोर्स एडीएफले आफ्ना सैनिकहरूले अफगान युद्धका बेला गरेका दुर्व्यवहारहरूबारे चार वर्ष लगाएर गरेको छानबिनको प्रतिवेदन सार्वजनिक भएको छ।

सन् २००९ देखि २०१३ सम्म ‘बन्दी, किसान वा गैरसैनिक सर्वसाधारण’ को हत्याका घटनामा १९ बहालवाला वा पूर्वसैनिकलाई अनुसन्धानको दायरामा ल्याइनुपर्ने एडीएफको निष्कर्ष छ।केही सैनिकमा देखिएको अनियन्त्रित ‘योद्धा संस्कार’का कारण ती अपराधहरू भएको उसको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *