अमेरिकी सुरक्षा निकायद्वारा ‘आन्तरिक आतङ्कवाद’ को जोखिम रहेको चेतावनी

अमेरिकी सुरक्षा निकायका प्रमुखहरूले देशमा आन्तरिक आतङ्कवादको जोखिम रहेको भन्दै एउटा चेतावनी दिएका छन्।उनीहरूले त्यस्तो जोखिम गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनको नतिजासँग असन्तुष्ट व्यक्तिहरूबाट रहेको जनाएका हुन्।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्यूरिटीले अमेरिकी संसद् भवनमा ज्यानुअरी ६ मा निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूबाट भएको आक्रमणले केही अतिवादीहरूलाई आत्मबल दिएको आकलन गरेको छ।

उसले जारी गरेको एउटा सूचनामा “सरकारी निकायका कामबाट निराश भएका व्यक्तिहरूबाट” त्यस्तो जोखिम रहेको उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *