अमेरिकी चुनाव: ट्रम्पले जोर्जियाका अधिकारीलाई मतपरिणाम ‘उल्टाउन’ भनेको कल रेकर्ड सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोर्जिया राज्यका उच्च निर्वाचन अधिकारीलाई निर्वाचन परिणाम उल्टाउन पर्याप्त मत “खोज्न” भनेको कल रेकर्ड सार्वजनिक भएको छ।

वाशिङ्टन पोस्टद्वारा सार्वजनिक गरिएको रेकर्डमा ट्रम्पले जोर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड रफेन्सपोगरसँग भनेका छन्, “म मात्र ११,७८० भोट खोज्न चाहन्छु।”

रफेन्सपोगरले त्यसको प्रतिउत्तरमा जोर्जियाको नतिजा सही भएको बताइरहेको सुनिन्छ।

अन्य राज्यहरूसहित जोर्जियामा पनि जो बाइडनले जितेका छन्।

बाइडनले कुल ३०६ इलेक्टरल कलेज मत पाएका छन् भने ट्रम्पले मात्र २३२ मत पाएका छन्।

नोभेम्बर ३ को मतदानदेखि ट्रम्पले व्यापक रूपमा चुनावमा धाँधली भएको आरोप लगाइरहेका छन् तर उनले त्यसको कुनै पनि प्रमाण दिन सकेका छैनन्।

सबै ५० वटै राज्यहरूले चुनावी नतिजालाई प्रमाणित गरिसकेका छन्। त्यसका लागि केहीले पुन: मतगणना गरेका थिए भने केहीमा कानुनी सुनुवाइ पनि भएको थियो।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *